काठमाण्डु, २१ भदौ– प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उदण्डताले सीमा नाघेको टिप्पणी गरेका छन् । संक्रमणकालीन न्याय टुंगो लगाउने विषयमा शुक्रबार ज्ञापनपत्र बुझाउन गएका पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग ओलीले प्रचण्डले उदण्डता प्रदर्शन गर्दैं हिंडेको...
मकवानपुर, २१ भदौ– मकवानपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङ राप्तिपुलमा बा.प्र.०३–००१ज०२५७ नम्बरको गाडीले ना१५प४१५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङका २६ वर्षीय श्रीराम परियारको मृत्यु भएको हो । टाउकोमा गम्भीर...
काठमाण्डु, २१ भदौ– नेपाली कांग्रेसले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सहरबासीलाई आतंकित पारेको आरोप लगाएको छ । काँग्रेस काठमाण्डु महानगर समितिले नदी किनारा आसपास ४० मिटरसम्म संरचना नबनाउन सूचना जारी गरेर साहले आतंकित पारेको आरोप लगाएको हो । सर्वोच्च अदालतले काठमाण्डुका बागमती,...
काठमाण्डु, २१ भदौ– चोरिएका सवारी साधनहरुको खोजतलास गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले छुट्टै टोली परिचालन गर्दै आएको छ । सोहीअनुसार टोलीले काठमाण्डु महानगरपालिका ३१ स्थित मध्य बानेश्वरबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको...
काठमाण्डु, २१ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः स्थापित शान्ति प्रक्रियालाई दिगो बनाउँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिने तर्फ वर्तमान सरकार स्पष्ट रहेको बताएका छन । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा आज नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई...
काठमाण्डु, २१ भदौ– नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा आज शुक्रबार करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् । आज चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण...
काठमाण्डु, २१ भदौ– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले लेखेको फेसबुक पोस्ट फेसबुकले फिर्ता गरिदिएको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै उनले लेखेको घरेलु बाल श्रम सम्बन्धी स्टाटसलाई फेसबुकले कम्युनिटी गाइडलाइन उल्लंघन भएकाले तीन दिनअघि हटाएको थियो । यद्यपि फेसबुकले...
काठमाण्डु, २१ भदौ– प्रहरीले दाङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ गरेको छ । गढवा गाउँपालिका–६ खवरी बस्ने ५८ वर्षीय वीरबहादुर रजालीलाई भरुवा बन्दुक १ थानसहित बिहीबार राती प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक...
काठमाण्डु, २१ भदौ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन । आज शुक्रबार एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन । उनले निजी अस्पतालहरूले पनि...
काठमाण्डु, २१ भदौ– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको जापान भ्रमण स्वीकृत भएको छ । जापानको टोकियोमा ३ असोजमा आयोजना हुने जापान–नेपाल रोजगार सम्मेलनमा भाग लिन भण्डारी त्यता जाने तय भएको हो । हिजो बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीको जापान भ्रमण स्वीकृत गरेको...
काठमाण्डु, २१ भदौ– सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अध्ययन गर्न बनेको समितिले विमानमा भएको तौलको सन्तुलन नमिलेर दुर्घटना भएको प्रारम्भिक प्रतिवेदन तयार गरेको छ । तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरीएको छ । मर्मतका लागि राखिएका सामग्री...
काठमाण्डु, २१ भदौ– लोकतान्त्रिक समाजवादी पार्टीले ०८२ को वैशाख २६ गते पार्टीको पहिलो अधिवेशन गर्ने भएको छ । दुई दिनसम्म चलेको पदाधिकारीको बैठकले सो निर्णय गरेको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन । महाधिवेशनको मिति तोकिसकेपछि केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत...