समाचार

बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति

२०८१ भदौ २२ गते १३:११

काठमाण्डु, २२ भदौ– बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति प्रप्त गरेको छ । आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको कलेजका...

इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्‍याइयो

२०८१ भदौ २२ गते १२:५२

काठमाण्डु, २२ भदौ– यस वर्षको इन्द्रजात्रा अर्थात् येँयाःको क्वहनेयाः कुमारी यात्राका लागि आवश्यक पर्ने इन्द्रध्वजा फहराउने लिङ्गो आज राति भक्तपुरबाट काठमाण्डु ल्याइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका‐१० स्थित चित्तपोलको सामुदायिक वनबाट नेपाल पञ्चाङ्ग निर्णायक समितिको शुभसाइतमा भक्तपुरको जङ्गलमा काटेर ल्याइएको यःसिं अर्थात् लिङ्गो गएराति...

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई डाक्टर पढाउने अनुमति

२०८१ भदौ २२ गते ११:२५

काठमाण्डू, २२ भदौ- झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ। कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन...

चेपाङ समुदायले छोनाम पर्व मनाउँदै

२०८१ भदौ २२ गते ९:४५

चितवन, २२ भदौ- आज चेपाङ समुदायले छोनाम न्वागी पर्व मनाउँदै छन् । चेपाङ समुदायमा यो पर्वलाइ राष्ट्रिय धार्मिक पर्वका रूपमा हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन रहेको छ । यस पर्वलाइ विगत वर्षहरुमा जस्तै यसपाली पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

२०८१ भदौ २२ गते ९:१८

चितवन, २२ भदौ– सुख्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सुचारु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिकै शनिबार बिहान साढे ७ बजेतिर पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै दुई तर्फी यातायात सुञ्चालनमा आएको चितवन प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए ।...

माछा मार्ने क्रममा राप्ती नदीले दुई जनालाई बगायो

२०८१ भदौ २२ गते ९:०९

चितवन, २२ भदौ– चितवनमा माछा मार्ने क्रममा दुई जनालाई राप्ती नदीले बगाएको छ । भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जिव चौधरी, भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियारलाई मेघौली जमुनाघाटबाट राप्ती नदीले बगाएको प्रहरीले जनाएको छ । तीन जनालाई बगाएकामा २८ वर्षीय रोहित चौधरी भने...

आज कहाँ-कहाँ अवरूद्ध हुदैछ बिजुली ?

२०८१ भदौ २२ गते ९:०१

काठमाण्डु, २२ भदौ -काठमाण्डुको नक्साल सहायक वितरण केन्द्रको ओम फिडर अन्तर्गत पर्ने केही स्थानहरूमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ । ओम फिडरअन्तर्गत पर्ने ओम हस्पिटल उत्तरतर्फ धोवीखोला पुलदेखी एसआर क्याटरिङ हुदैं धुम्बाराही मन्दिर तलबाट सुकेधारासम्मका क्षेत्रमा ६ घन्टा बिजुली अवरूद्ध हुने...

कोटेश्वरबाट ५ केजी लागुऔषधसहित एक युवक पक्राउ

२०८१ भदौ २२ गते ९:०१

काठमाण्डु, २२ भदौ– सशस्त्र प्रहरीले काठमाण्डुको कोटेश्वरबाट लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २२ वर्षीय युवक रहेको प्रहरीले जनाएको छ । काठमाण्डु–३२ कोटेश्वरस्थित झोलुंगे पुलनजिकैबाट ती युवकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी सैलेश थापाले...

बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु

२०८१ भदौ २२ गते ८:४५

नवलपरासी, २२ भदौ– पूर्वी नवलपरासीको गैंडाकोटमा बसले ठक्कर दिँदा हजुरआमा र नाबालक नातिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया श्रीमाया मानन्धर र ७ वर्षीय विशाल श्रेष्ठ छन् । स्याङ्जा घर भएकी मानन्धर गैंगाकोट–११ स्थित छोरीको घरमा आएकी थिइन् । मृतक बालक मानन्धरकी...

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

२०८१ भदौ २२ गते ८:३४

  काठमाडु,२२ भदौ- मोटरसाइकल र साइकल ठोक्किंदा नवलपरासीमा एक जनाको मृत्यु भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनियास्थित नारायणचोकतर्फ जाँदै गरेको लु४प ७६९१ नं को मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकल शुक्रबार राती ठक्कर दिएको हो । दुर्घटनाबाट घाइते दुबै चालकलाइ उपचारको लागि मेडिकल...

आज गणेशको जन्मदिन, गणेश चथुर्ती मनाइँदै

२०८१ भदौ २२ गते ८:२४

काठमाण्डु, २२ भदौ– भगवान् गणेशको पूजाआराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । अग्रपूजाको अधिकार प्राप्त गरेका गणेशलाई बिघ्नहर्ता मानिन्छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाउने गरिएको छ । नेवार समुदायले भने चथा नाममा यो पर्व मनाउँने गरेको छ...

फिस्लिङमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

२०८१ भदौ २२ गते ८:१५

चितवन, २२ भदौ– चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिकै पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान साढे ७ बजेतिर सुख्खा पहिरो खसेको चितवन प्रहरीले जनाएको छ । पहिरोका कारण दुईतर्फी नै यातायातका साधन रोकिएका छन् । चितवन प्रहरीका डिएसपी भेषराज रिजालले अवरोध...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us