आज कहाँ-कहाँ अवरूद्ध हुदैछ बिजुली ?

काठमाण्डु टुडे २०८१ भदौ २२ गते ९:०१ मा प्रकाशित

काठमाण्डु, २२ भदौ -काठमाण्डुको नक्साल सहायक वितरण केन्द्रको ओम फिडर अन्तर्गत पर्ने केही स्थानहरूमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ ।
ओम फिडरअन्तर्गत पर्ने ओम हस्पिटल उत्तरतर्फ धोवीखोला पुलदेखी एसआर क्याटरिङ हुदैं धुम्बाराही मन्दिर तलबाट सुकेधारासम्मका क्षेत्रमा ६ घन्टा बिजुली अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
यी क्षेत्रमा पोल सिफ्टिङ गर्ने भएकाले आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने हुन्छ । निर्धारित समयअगाडि काम सकिए अगाडि नै विधुत सेवा सुचारु हुनेछ प्राधिकरणद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us