माछा मार्ने क्रममा राप्ती नदीले दुई जनालाई बगायो

काठमाण्डु टुडे २०८१ भदौ २२ गते ९:०९ मा प्रकाशित

चितवन, २२ भदौ– चितवनमा माछा मार्ने क्रममा दुई जनालाई राप्ती नदीले बगाएको छ ।

भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जिव चौधरी, भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियारलाई मेघौली जमुनाघाटबाट राप्ती नदीले बगाएको प्रहरीले जनाएको छ ।

तीन जनालाई बगाएकामा २८ वर्षीय रोहित चौधरी भने पौडिएर बाहिर आएका थिए । इलाका प्रहरी कार्यालय पर्साढापले नदीले बगाएकाहरुको खोजी जारी रहेको जनाएको छ ।

खोजीमा प्रहरी र स्थानीयका साथै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणको नेपाली सेनाको टोली सक्रिय छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us