बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २२ गते ८:४५ मा प्रकाशित

नवलपरासी, २२ भदौ– पूर्वी नवलपरासीको गैंडाकोटमा बसले ठक्कर दिँदा हजुरआमा र नाबालक नातिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५५ वर्षीया श्रीमाया मानन्धर र ७ वर्षीय विशाल श्रेष्ठ छन् । स्याङ्जा घर भएकी मानन्धर गैंगाकोट–११ स्थित छोरीको घरमा आएकी थिइन् । मृतक बालक मानन्धरकी छोरीका छोरा (नाति) भएको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा ना७ख २५२५ नम्बरको बसले शुक्रबार राति उनीहरुलाई ठक्कर दिएको थियो । विशालको घटनास्थलमै र श्रीमायाको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

श्रीमायाको पेट र टाउकोमा गहिरो चोट लागेको थियो । यसैबीच प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us