समाचार

दुई क्विन्टल बढी गाजासहित तीन जना पक्राउ

२०८१ भदौ २२ गते १६:३६

काठमाण्डु, २२ भदौ– प्रहरीले सिराहाबाट करिब दुई क्विन्टल गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । सिराहाको कर्जन्हा नगरपालिका १० स्कुल टोलबाट दुई सय १७ किलो गाँजा र एकजना भारतीय नागरिकसहित तीन जनालाई शुक्रवार अपराह्न पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । गोप्य सूचनाको आधारमा...

राष्ट्रवाद कोरा र सङ्कीर्ण हुनुहुँदैन: प्रधानमन्त्री ओली

२०८१ भदौ २२ गते १६:१७

काठमाण्डु, २२ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवाद कोरा र सङ्कीर्ण हुन नहुने बताएका छन । आज शनिबार काठमाण्डुमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले आफ्नो मात्रै राष्ट्रलाई फाइदा होस र अर्कोलाई जस्तोसुकै होस भन्ने...

नेपाल आइपुगे नवाजुद्दीन

२०८१ भदौ २२ गते १५:१२

काठमाण्डु, २२ भदौ– बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगेका छन । फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी आज दिउँसो काठमाण्डुमा आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै उनी नेपाली फ्यानहरुबाट घेरिएका थिए । उनले केहीसँग सेल्फी खिचे भने केहीलाई अटोग्राफसमेत दिएका थिए ।...

बागमती नदीमा युवकको शव फेला

२०८१ भदौ २२ गते १५:००

काठमाण्डु, २२ भदौ–रौतहटमा एक युवकको शव भेटिएको छ । आज शनिबार वृन्दावन नगरपालिका १ रमौली घाटस्थित बागमती नदीमा अन्दाजी ३०–३५ वर्षका युवकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरी बेस क्याम्प समनपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट गएको संयुक्त टोलीले शनिवार...

धनगढीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

२०८१ भदौ २२ गते १४:५४

काठमाण्डु, २२ भदौ– धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन । तालमा...

नवलपरासीमा बसको ठक्करबाट २ जनाको मृत्यु

२०८१ भदौ २२ गते १४:४५

काठमाण्डु, २२ भदौ– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना–७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई...

कर्मचारीको तलब २५ पैसा पनि बढाउन सक्ने स्थिति छैनः प्रधानमन्त्री ओली

२०८१ भदौ २२ गते १४:३९

काठमाण्डु, २२ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाहना हुँदाहुँदै कर्मचारीको तलब बढाउन नसकेको बताएका छन । प्रधानमन्त्री ओलीले कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरिदिने चाहना रहेको तर देशको अर्थतन्त्र कमजोर भएकाले नसकेको बताएका छन । उनले भने, ‘म त...

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१ भदौ २२ गते १४:३४

काठमाण्डु, २२ भदौ– कैलालीमा मोटरसाइकल दुर्घटनामा हँुदा एक युवकको मृत्यु भएको छ । हिजो शुक्रबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटनामा धनगढी उपमहानगरपालिका–५ जाँई बस्ने २८ वर्षीय संजय चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अत्तरियास्थित विद्युत कार्यालय नजिकै चौधरीले चलाएको सुपप्र...

जीबी राईलाई पक्राउ गर्न इन्टरपोलमा दोस्रोपटक पत्राचार

२०८१ भदौ २२ गते १३:३४

काठमाण्डु, २२ भदौ– नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) लाई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईलाई पक्राउ गरिदिन फेरि पत्राचार गरेको छ । काठमाण्डुका नेशनल सेन्ट्रल ब्यूरो –एनसिबी)मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिएका छन ।...

प्रचण्डलाई प्रधानमन्त्री ओलीको चेतावनी : हिंसाको महिमा मण्डन नगर्नुस्

२०८१ भदौ २२ गते १३:२१

काठमाण्डु, २२ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न नेकपा माओवादी केन्द्रलाई चेतावनी दिएका छन । आज शनिबार काठमाण्डुमा २१ औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले नेकपा माओवादी...

राजनीतिक परिवर्तनमा कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ: प्रधानमन्त्री ओली

२०८१ भदौ २२ गते १३:१९

काठमाण्डु, २२ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको बताएका छन । आज शनिबार निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका...

बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति

२०८१ भदौ २२ गते १३:११

काठमाण्डु, २२ भदौ– बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति प्रप्त गरेको छ । आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको कलेजका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us