काठमाण्डु, २२ भदौ–रौतहटमा एक युवकको शव भेटिएको छ । आज शनिबार वृन्दावन नगरपालिका १ रमौली घाटस्थित बागमती नदीमा अन्दाजी ३०–३५ वर्षका युवकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बेस क्याम्प समनपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट गएको संयुक्त टोलीले शनिवार दिउँसो उक्त शव निकालेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिएका छन ।
भेटिएको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको सशस्त्र प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ। बरामद शवको सनाखत भएको छैन । मृतकको पहिचान खुलाउनका लागि सबैले सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह समेत गरेको छ ।