कोटेश्वरबाट ५ केजी लागुऔषधसहित एक युवक पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ २२ गते ९:०१ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– सशस्त्र प्रहरीले काठमाण्डुको कोटेश्वरबाट लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २२ वर्षीय युवक रहेको प्रहरीले जनाएको छ ।

काठमाण्डु–३२ कोटेश्वरस्थित झोलुंगे पुलनजिकैबाट ती युवकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी सैलेश थापाले जानकारी दिए । थापाका अनुसार पक्राउ परेका युवकको साथबाट पोलाइण्ड नामको ५ केजी लागूपदार्थ बरामद गरिएको छ ।

ती युकवलाई सशस्त्रले लागुऔषधसहित प्रहरीको जिम्मा लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us