हेटौंडामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २१ गते १९:३३ मा प्रकाशित

मकवानपुर, २१ भदौ– मकवानपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङ राप्तिपुलमा बा.प्र.०३–००१ज०२५७ नम्बरको गाडीले ना१५प४१५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङका २६ वर्षीय श्रीराम परियारको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेका उनको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us