भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ २१ गते १६:३३ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– प्रहरीले दाङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ गरेको छ । गढवा गाउँपालिका–६ खवरी बस्ने ५८ वर्षीय वीरबहादुर रजालीलाई भरुवा बन्दुक १ थानसहित बिहीबार राती प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us