प्रधानमन्त्रीसँग द्वन्द्व पीडितको मागः बाँकी रकम निकासा होस्

काठमाण्डु टुडे २०८१ भदौ २० गते १७:५१ मा प्रकाशित

काठमाण्डु, २० भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन र पदाधिकारी नियुक्ति गर्दा पीडितको भावनालाई समेट्न माग गरेका छन ।

आज बिहिबार प्रधानमन्त्री निवासको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउँदै सङ्घले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्दा राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्षरुपमा प्राथमिकता दिन सक्ने व्यक्तिलाई महत्त्व दिन आग्रह गरेको छ ।

सोसम्बन्धी विधेयक संसद्बाट पारित भई यही भदौ १५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । सङ्घका अध्यक्ष हिमाकुमारी घर्ती नेतृत्वको प्रतिनिधिमण्डले दिएको ज्ञापनपत्रमा ०६३ सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएको प्रतिपीडित रु सात लाख ५० हजारमध्ये रु एक लाख ५० हजारका दरले मात्रै रकम प्राप्त भएकाले बाँकी रकम निकासाका लागि पनि स्मरण गराएकी छन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us