प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस–एमालेबिच कुनै मतभेद छैनः सभापति देउवा

काठमाण्डु टुडे २०८१ भदौ १९ गते १५:५६ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबिच मतभेद नरहेको प्रष्ट पारेका छन ।

आज बुधबार काठमाण्डुमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन । सभापति देउवाले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि कांग्रेस र एमालेबिच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने पनि बताएका छन ।

उनले देशको अवस्था चुनौतीपूर्ण रहेको भन्दै कर्मचारीहरूमा अझ यसको प्रभाव पर्ने बताएका छन । उनले चुनौतीलाई बुझेर काम गर्न आवश्यक रहेको बताए । सभापति देउवाले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरूको कर्तव्य भएको बताएका छन ।

यसबारेमा कुनै चिन्ता नलिईकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिए । संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्ने पनि उनले बताएका छन ।

उनले भने, ‘ एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान् । तर एउटा कुरामा यो बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बिचमा कुनै मतभेद छैन । त्यसकारण पूराका पूरा समर्थन छ हाम्रो । खास खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले त्यस्तो कुरा छैन । एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ ।

कति कुरा समस्या हुन सक्छन् । समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो ।’ सभापति देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताए । उनले कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्ने बताए । सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us