पोखरीमा डुबेर तीन बालकको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २० गते ७:२३ मा प्रकाशित

धनुषा, २० भदौ-  धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ ।

लक्ष्मीनिया गाउँपालिका-७ स्थित पोखरीमा बुधबार साँझ डुबेर

१४ वर्षीय सुशान्त साह, १० वर्षीय आदित्यकुमार साह र ८ वर्षीय आयुश साहको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार मामाघरमा भोज खाएर फर्किएका उनीहरुको पोखरीमा डुबेर मृत्यु भएको हो । मृतक सबै दिदीबहिनीका छोरा हुन् । तीनवटै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us