समाचार

इलामको सुकिलुम्बा बिमानस्थलमा भोलिदेखि पुनःउडान हुने

२०८१ भदौ १९ गते ८:२१

इलाम,१९ भदौ- मौसमका कारण बिगत ३ महिनादेखि बन्द इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल भोलीदेखि सञ्चालनमा आउने भएको छ । बर्षायाम सुरु भएसँगै खराब मौसमका कारण उडान गर्न असहज भएका कारण बन्द भएको विमानस्थलबाट हवाई उडान पुनः सुरु गर्न लागेको सो विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश...

बालेनलाई योगेश भट्टराईको चेतावनीः केपी ओलीविरुद्ध स्टाटस नलेख्नुस्, राष्ट्र भाँड्ने काम नगर्नुस्

२०८१ भदौ १९ गते ८:०३

काठमाण्डु, १९ भदौ– एमाले सचिव योगेश भट्टराईले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले गरिरहेको गतिविधि ठीक नभएको टिप्पणी गरेका छन् । एक टेलिभिजन अन्तर्वार्तामा मंगलबार भट्टराईले आफ्नो दायराभित्र बसेर काम गर्न बालेनलाई सुझाए । बालेनका क्रियाकलाप नेपाली समाज भाँड्न उद्धत रहेको आरोप उनको छ ।...

आज यी ठाउँमा भारी बर्षा हुने

२०८१ भदौ १९ गते ७:५३

काठमाण्डु ,१९ भदौ- देशभर मनसुनी वायुको प्रभाव रहिरहेको छ । आंशिकदेखि साधारणतया बदली रहेको छ । आज पनि कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइ नै रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर...

शंकर पोखरेलको प्रतिवेदन भन्छः एमालेभित्र आर्थिक र यौन विचलनका घटनामा वृद्धि

२०८१ भदौ १९ गते ७:४९

काठमाण्डु, १९ भदौ– एमाले बैठकमा पार्टीभित्र यौन विचलनका घटनामा वृद्धि भएको विषयले प्रवेश पाएको छ । एमाले पोलिटब्युरो बैठकको पहिलो दिन महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीमा यौन विचलनका घटना बढेको उल्लेख छ । पोखरेलले प्रतिवेदनमा ‘पार्टी जीवनको शुद्धीकरण’ शीर्षकमा नेता कार्यकर्ताको जीवनशैली...

एमाले पोलिट्ब्युरो बैठक आज पनि बस्दै

२०८१ भदौ १९ गते ७:३५

काठमाण्डु, १९ भदौ– सत्तारुढ एमाले पोलिट्ब्युरो बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने नेताहरुले बताएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्ने समय दिए । उनका अनुसार हरेक सदस्यलाई बोल्नका लागि ३ मिनेटको समय...

राजन भट्टराईसहित एमाले नेता बालेनविरुद्ध देउवाकोमा डेलिगेशन गए

२०८१ भदौ १९ गते ७:२५

काठमाण्डु, १९ भदौ– एमाले नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध डेलिगेशन गएका छन् । काठमाण्डु महानगरपालिकाले नदी किनार आसपास क्षेत्रमा ४० मिटरसम्मका घर संरचना घटाउन सूचना जारी गरेको विषयमा उनीहरुले देउवाको ध्यानाकर्षण गराए । सर्वोच्च अदालतले नदी...

गोमन सर्पले डसेर युवकको मृत्यु

२०८१ भदौ १९ गते ७:०८

सर्लाही, १९ भदौ– सर्लाहीको हरिवनमा विषालु सर्पले डसेर युवकको ज्यान गएको छ । हरिवन नगरपालिका–८, चापिनी निवासी ३५ वर्षीय सागर आलेमगरको गोमन सर्पले टोकेर मृत्यु भएको हो । सोमबार राति शौच गर्न घरबाहिर निस्किएका बेला उनलाई सर्पले डसेको थियो । लालबन्दीस्थित सर्पदंश उपचार केन्द्रमा...

एमाले पोलिटब्यूरो सदस्यलाई बैठकमा बोल्न ३ मिनेटको समय

२०८१ भदौ १८ गते १८:५९

काठमाण्डु, १८ भदौ– एमालेको पोलिटब्यूरो बैठकमा सबै नेतालाई आफ्नो कुरा राख्न ३ मिनेटको समय उपलब्ध गराएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सम्बोधन र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि सबै पोलिटब्यूरो सदस्यलाई समय दिइएको हो । पार्टी सचिव...

टीआरसी विधेयक पीडकमैत्री भएको भन्दै सर्वोच्चमा रिट दर्ता

२०८१ भदौ १८ गते १८:५०

काठमाण्डु, १८ भदौ– हालै पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐन (टीआरसी ऐन) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पीडकमैत्री भएको भन्दै मंगलबार सर्वोच्च अदालतमा रिट...

प्रधानमन्त्रीको ब्रिफिङः प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन्, तर सक्दैनन्

२०८१ भदौ १८ गते १८:३९

काठमाण्डु, १८ भदौ– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो राजनीतिक भूमिकाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । आज मंगलबार बाट केन्द्रीय कार्यालय च्यासलमासुरु भएको पोलिटब्यूरो बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका...

पार्टीको सुझाव कार्यान्वयनका लागि एमालेले सरकारलाई दबाब दिने

२०८१ भदौ १८ गते १७:४८

काठमाण्डु, १८ भदौ– एमालेले पार्टीले बुझाएको ध्यानाकर्षणपत्र कार्यान्वयनका लागि सरकारलाई दबाब दिने तयारी गरेको छ । आज मंगलबारदेखि पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले पेस गरेको वार्षिक कार्ययोजनामा सो विषयमा पहलकदमी लिने उल्लेख गरीएको छ । पार्टीले ०८१ साल...

प्रचण्डलाई कांग्रेस सांसदको प्रश्नः मार्सी भात खाएर गरेको गठबन्धन बिर्सिनुभयो ?

२०८१ भदौ १८ गते १७:४३

काठमाण्डु, १८ भदौ– कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका छन । आज मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आपत्ति व्यक्त गरेका हुन । सांसद ढुंगानाले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले देश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us