समाचार

प्युठानको एक घरमा मानव कङ्काल भेटियो

२०८१ भदौ १८ गते १७:४०

काठमाण्डु, १८ भदौ– प्युठानमा मानव कङ्काल फेला परेको छ । प्युठानको माण्डवी गाउँपालिका–२ अधेरीको पुरानो घरमा मानव कङ्काल फेला परेको हो । स्थानीय दलबहादुर खत्रीको घरमा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिएका छन । स्थानीय आइतबार...

सांसद मोदीको माग– प्रचण्ड राम जस्तै शान्तिको जनक हो‚ नोबेल पुरस्कार दिनुपर्छ

२०८१ भदौ १८ गते १७:३३

काठमाण्डु, १८ भदौ– नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने माग गरेका छन । आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन । उनले प्रचण्ड नेपालको...

आगामी निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने एमालेको घोषणा

२०८१ भदौ १८ गते १७:२७

काठमाण्डु, १८ भदौ– प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने घोषण गरेका छन । आज मंगलबार सुरु भएको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका हुन । अध्यक्ष ओलीले...

०८४ को निर्वाचन एक्लै लड्नपर्छ: प्रधानमन्त्री ओली

२०८१ भदौ १८ गते १७:२३

काठमाण्डु, १८ भदौ– प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने घोषण गरेका छन । आज मंगलबार सुरु भएको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका हुन । अध्यक्ष ओलीले...

एमसीसीमाथि संसदीय अनुगमन समिति गठन गरियोस्: महासचिव भुसाल

२०८१ भदौ १८ गते १७:१७

काठमाण्डु, १८ भदौ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)माथि संसदीय अनुगमन समिति गठन गर्नुपर्ने बताएका छन । आज मंगलबार नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले राजधानीमा गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले एमसीसीलाई राष्ट्रियताविरुद्ध प्रयोग...

सरकारलाई कांग्रेस सांसद खतिवडाको प्रश्न: गण्डकीमा मन्त्री पद बिक्रीमा छ, पैसामा बिक्री गर्न सुरुवात गरेको हो ?

२०८१ भदौ १८ गते १७:१०

काठमाण्डु, १८ भदौ– कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जिब्रोमा ब्रेक लगाउन सुझाव दिएका छन् । आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो सुझव दिएका हुन । उनले आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति सञ्चारमन्त्रीले आपत्तिजनक अभिव्यक्ति...

सञ्चारमन्त्रीलाई जिब्रोमा ब्रेक लगाउन खतिवडाको सुझाव

२०८१ भदौ १८ गते १७:०७

काठमाण्डु, १८ भदौ– कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जिब्रोमा ब्रेक लगाउन सुझाव दिएका छन् । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो सुझव दिएका हुन । उनले आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति सञ्चारमन्त्रीले आपत्तिजनक अभिव्यक्ति...

कतारमा नेपालको पानी बेच्न पहल गर्छु: कतारका लागि प्रस्तावित राजदूत पौडेल

२०८१ भदौ १८ गते १७:०३

काठमाण्डु, १८ भदौ– कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलले आफ्नो पहिलो प्राथमिकता श्रमिकका समस्या समाधान हुने बताएका छन । आज मंगलबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै पौडेलले यस्तो बताएका हुन । उनले श्रमिकका समस्या समाधानका लागि लाग्ने, व्यापारसँग जोडिएका कुराहरू, प्रत्यक्ष...

बालेनको निर्णयको उपमेयर डंगोलद्वारा विरोध

२०८१ भदौ १८ गते १६:५३

काठमाण्डु, १८ भदौ– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाह बालेनले गरेको निर्णयमा उपमेयर सुनिता डंगोलले विरोध जनाएकी छन् । आज मंगलबार बसेको नगरकार्यपालिकाको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति...

सूर्य थापा नेतृत्वको सहकारीको रकम अपचलन छानबिन समितिको म्याद १५ दिन थपियो

२०८१ भदौ १८ गते १६:४७

काठमाण्डु, १८ भदौ– सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । गत...

मेयर बालेनमाथि वडाध्यक्ष महर्जनले उठाए प्रश्न

२०८१ भदौ १८ गते १६:४१

काठमाण्डु, १८ भदौ– काठमाण्डु महानगरपालिका–२३ का वडाध्यक्ष मचाराजा महर्जनले नदी किनारको जग्गाबारे जारी गरेको सूचनालाई लिएर मेयर बालेन शाहमाथि प्रश्न उठाएका छन । सर्वोच्चले हालै मात्र नदी किनारको दुवैतर्फ २०/२० मिटरको मापदण्ड तोक्ने फैसला गरेको थियो । लगतै काठमाण्डु महानगरले सूचना निकालेर भवन निर्माण...

प्रत्यारोपण केन्द्रलाई जग्गा दिन राजेन्द्र लिङ्देनको आग्रह

२०८१ भदौ १८ गते १६:३५

काठमाण्डु, १८ भदौ– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेका छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका लिङ्देनले यस्तो बताएका हुन । उनले प्रत्यारोपण केन्द्रले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us