एमसीसीमाथि संसदीय अनुगमन समिति गठन गरियोस्: महासचिव भुसाल

काठमाण्डु टुडे २०८१ भदौ १८ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)माथि संसदीय अनुगमन समिति गठन गर्नुपर्ने बताएका छन ।

आज मंगलबार नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले राजधानीमा गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले एमसीसीलाई राष्ट्रियताविरुद्ध प्रयोग हुन नदिन अनुगमन समिति बनाउन माग गरेका हुन । उनले भने, ‘म त भन्छु एमसीसीमाथि संसदीय अनुगमन समिति बनोस् ।

जसले व्याख्यात्मक टिप्पणी अनुसार लागु भइराखेको छ कि छैन ? त्यसमा के समस्या छ ? अनुगमन समितिले स्पष्ट पारेपछि जनता हल्लाको पछाडि लाग्नुपर्दैन । एमसीसीलाई नेपालविरुद्ध प्रयोग हुन नदिन कमसेकम एउटा भरपर्दो माध्यम चाहिन्छ, ‘त्यस कारण ओली र देउवाजी तपाईँहरू सत्तामा हुनुहुन्छ ।

साँच्चिकै जनताका छटपटी र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने दायित्वप्रति इमानदार हुनुहुन्छ भने पुरा गर्न माग गर्दछु ।’ जब अमेरिकी अधिकारीहरूले नै एमसीसी इन्डोप्यासेफिक स्ट्राटेजी (आईपीएस) को अङ्ग हो भनेपछि तब यो विवादमा परेको उनले दाबी गरे ।

आईपीएस अमेरिकीको चीन विरोधी घोषित मोर्चाबन्दी भएकाले स्वभावले नै नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न भएको उनले बताए । उनले दलाल पुँजीवादले कम्युनिस्ट, कांग्रेस, राजावादी, विखण्डनवादी सबैलाई एउटै टेबुलमा डिनर गराउने भएकाले ठुल्ठुला भ्रष्टाचारमा भागशान्ति राष्ट्रिय सहमति अनुसार वितरण हुने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us