सूर्य थापा नेतृत्वको सहकारीको रकम अपचलन छानबिन समितिको म्याद १५ दिन थपियो

काठमाण्डु टुडे २०८१ भदौ १८ गते १६:४७ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव राखेका थिए ।

उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । गत १५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । पहिले समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिँदै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us