काठमाण्डू, १८ भदौ- माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सरकार प्रमख प्रतिपक्षप्रति पूर्वाग्रही बनेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै उनले सरकारले आफूविरुद्ध बोल्नेलाई गिरफ्तार गरेकामा आपत्ति जनाए । ‘सरकार प्रतिपक्षप्रति पूर्वाग्रही बन्नु, नाति पुस्ताकाले केही जानेको छैन भनेर नयाँ दलप्रति अपमान...
काठमाण्डू, १८ भदौ-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ...
काठमाण्डू, १८ भदौ- सत्तारूढ कांग्रेस सांसद रामहरि खतिवडाले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्ने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद खतिवडाले सञ्चारमन्त्रीको अभिव्यक्तिको जवाफ मागेका हुन् । ‘सञ्चारमन्त्रीले केही दिन पहिला...
काठमाण्डू, १८ भदौ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएको स्वीकार गरेकी छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै राजदूत सिफारिस समावेशी नभएको भन्दै माफी मागेकी हुन् । ‘राजदूत नियुक्ति समावेशी भएन । अर्को नियुक्तिमा...
काठमाण्डू, १८ भदौ- कांग्रेस केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले सरकार प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई बर्खास्त गर्न माग गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै भण्डारीले मन्त्री गुरूङले प्रहरी संगठनका प्रमुखमाथि अपशब्द बोलेकाले बर्खास्त गर्न माग गरेका हुन्। ‘देशको सुरक्षा कायम गर्ने जिम्मा लिएको...
काठमाण्डू, १८ भदौ- पूर्वप्रहरी महानिरीक्षकहरुको संगठन पूर्वप्रहरी प्रमुख संगठन मञ्चका सदस्यहरुले सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन् । उनीहरुले मंगलबार एक विज्ञप्ति जारी गर्दै वर्तमान तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने अभिव्यक्ति दिएकाले...
काठमाण्डू, १८ भदौ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउन सकारात्मक रहेको बताएकी छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सोमबार राणाले आफ्नो भारत भ्रमण र मोदीसहित भारतीय नेतृत्वसँग भएको भेटबारे अवगत गराएकी थिइन् । उनले गत भदौ २...
काठमाण्डू, १८ भदौ- पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा आफ्नो दल निकट व्यवसायी सागर पाण्डे विजयी भएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्साहित देखिएका छन् । कांग्रेस–एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई एक सय मतान्तरले पराजित गर्दै...
काठमाण्डू, १८ भदौ- पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् ।...
काठमाण्डु, १८ भदौ– नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) को एकैपटक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको १७ भदौको निर्णयअनुसार प्रहरी निरीक्षकहरुको सरुवा भएको हो । प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै सरुवाबारे जानकारी गराएको छ । सरुवा भएका प्रहरी निरीक्षकहरुले...
सिन्धुपाल्चोक, १८ भदौ– सिन्धुपाल्चोकमा मंगलबार बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ११ मिनेटमा सिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोकसहित काभ्रे, रामेछाप र सिन्धुलीमा समेत महसुस गरिएको थियो ।...
हेटौंडा, १८ भदौ– हेटौंडामा २३ वर्षीया एलिसा न्यौपानेको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् । हेटौंडा–११ थानाभर्याङकी न्यौपानेको हेटौंडा–१०, बसपार्कस्थित रत्न होटलको कोठा नम्बर २०५ मा मा ९ भदौमा हत्या भएको थियो । उनको शव १० गते फेला परेको थियो । मकवानपुर प्रहरी...