सिन्धुपाल्चोक, १८ भदौ– सिन्धुपाल्चोकमा मंगलबार बिहान भूकम्प गएको छ ।
बिहान ६ बजेर ११ मिनेटमा सिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सिन्धुपाल्चोकसहित काभ्रे, रामेछाप र सिन्धुलीमा समेत महसुस गरिएको थियो । पछिल्लोपटक गत १५ भदौमा मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टरकै भूकम्प गएको थियो ।