राजदूत सिफारिसमा कमजोरी भयो, सरी भन्न चाहन्छुः आरजु

काठमाण्डु टुडे २०८१ भदौ १८ गते १२:३९ मा प्रकाशित

काठमाण्डू, १८ भदौ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएको स्वीकार गरेकी छन् ।              

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै राजदूत सिफारिस समावेशी नभएको भन्दै माफी मागेकी हुन् ।

‘राजदूत नियुक्ति समावेशी भएन । अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं,’ उनले भनिन्, ‘यसपटक आएन आई-एम सरी।’

कार्यदक्षताका कारण शंकर शर्मालाई पुन: भारतका लागि राजदूत नियुक्ति गरेको स्पष्टीकरण दिइन् ।

समितिमा सांसदहरुले भारत भ्रमणको उपलब्धीबारे प्रश्न गरेका थिए ।  जवाफमा राणाले आफ्नो भारत भ्रमण ‘गुडविल भिजिट’ भएको बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us