सरकार आफूविरुद्ध बोल्नेलाई गिरफ्तार गरिरहेको छः माओवादी

काठमाण्डु टुडे २०८१ भदौ १८ गते १५:२२ मा प्रकाशित

काठमाण्डू, १८ भदौ- माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सरकार प्रमख प्रतिपक्षप्रति पूर्वाग्रही बनेको टिप्पणी गरेका छन् ।   प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै उनले सरकारले आफूविरुद्ध बोल्नेलाई गिरफ्तार गरेकामा आपत्ति  जनाए ।

‘सरकार प्रतिपक्षप्रति पूर्वाग्रही बन्नु, नाति पुस्ताकाले केही जानेको छैन भनेर नयाँ दलप्रति अपमान गर्नु, सामाजिक सञ्जालमा लेख्ने र बोल्ने नागरिकलाई गिरफ्तार गर्नु, सुशासनको पक्षमा काम गर्ने कर्मचारीहरुको सरुवा गर्नु, सरकारको जिम्मेवार मन्त्रीबाट प्रहरी प्रमुखलाई सार्वजनिक कार्यक्रमबाट धम्क्याउनतिर लागेको छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us