गोमन सर्पले डसेर युवकको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १९ गते ७:०८ मा प्रकाशित

सर्लाही, १९ भदौ– सर्लाहीको हरिवनमा विषालु सर्पले डसेर युवकको ज्यान गएको छ ।

हरिवन नगरपालिका–८, चापिनी निवासी ३५ वर्षीय सागर आलेमगरको गोमन सर्पले टोकेर मृत्यु भएको हो ।

सोमबार राति शौच गर्न घरबाहिर निस्किएका बेला उनलाई सर्पले डसेको थियो ।

लालबन्दीस्थित सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि जनकपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

ढिलो गरी उपचारमा लगिएका कारण आलेमगरको मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us