एमाले पोलिट्ब्युरो बैठक आज पनि बस्दै

काठमाण्डु टुडे २०८१ भदौ १९ गते ७:३५ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– सत्तारुढ एमाले पोलिट्ब्युरो बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने नेताहरुले बताएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्ने समय दिए । उनका अनुसार हरेक सदस्यलाई बोल्नका लागि ३ मिनेटको समय दिइएको छ ।

मंगलबार सुरु बैठकमा महासचिव शंकर पोखरेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि सदस्यता र संगठन विस्तारको खाका प्रस्तुत गरेका थिए ।

संगठित सदस्य संख्या १० लाख पुर्याउने पोखरेलको प्रस्ताव छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us