काठमाण्डु, १९ भदौ– दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्वाहाङ्फेको संसदीय सुनुवाइ जारी छ ।
आज बुधवार सिंहदरबारस्थित संसदीय समितिको कार्यालयमा तुम्वाहाङ्फेको संसदीय सुनुवाइ सुरु भएको थियो ।
सुनुवाइमा तुम्वाहाङ्फेले आफ्नो कार्ययोजना समेत प्रस्तुत गरेकी छन् ।