काठमाण्डु, ३ असोज– आज बिहिबार संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट...
काठमाण्डु, ३ असोज– लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेको प्रहरीले जानकारी दिएको छ । शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो । उपचार हुन नसकेपछि अहिले राउटे बसोबास गरेको स्थान गुराँस...
काठमाण्डु, ३ असोज– दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले पक्राउ पुर्जीको विरोधमा ४ असोजमा देशभर चक्काजाम गर्ने भएका छन । प्रसाईंलाई विद्युतीय कारोबार अन्तर्गत पक्राउ गर्न जिल्ला अदालत काठमाण्डुले बुधबार अनुमति दिएको थियो । त्यसको विरोधमा महाअभियानले बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल...
काठमाण्डू, ३ असोज- प्रधानमन्त्री केपी ओलीले नीति र राजनीति दुवैमा स्थायित्व चाहिएकाले संविधान संशोधन जरुरी रहेको बताएका छन् । संविधान दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले विकासका लागि स्थायित्व र स्थिरता अनिवार्य तत्व रहेको बताए । ओलीले अब लड्नुपर्ने...
दाङ, ३ असोज-घोराही–लमही सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराहीको नवलपुरका २२ वर्षीय श्रवण पुन र मोटरसाइकल पछाडि सवार घोराही-४ का २१ वर्षीय विनोद केसी छन् । इलाका प्रहरी कार्यालय लमहीका निरिक्षक प्रकाश भुसालले जानकारी दिए...
काठमाण्डु, ३ असोज– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आत्मसमर्पणको तयारी गरेका छन् । उनले आफूले अदालतको आदेश मान्ने बताए । ‘सम्मानित अदालतको आदेशको म सम्मान गर्छु’, युटुबरहरुसँग कुरा गर्दै प्रसाईंले भनेका छन् । सरकारले गरिब र उत्पीडितका पक्षमा बोल्दा आफूसँग पूर्वाग्रह राखिएको भए पनि...
काठमाण्डु, ३ असोज–विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओली नेतृत्वको सरकार आफू र काठमाण्डु महानगरका मेयर बालेन्द्र साह (बालेन) सँग डराएको आरोप लगाएका छन् । काठमाण्डु जिल्ला अदालतले बुधबार साइबर अपराधमा पक्राउ पुर्जी जारी गरेपछि युटुबरहरुसँग कुरा गर्दै आफूमाथिको व्यवहारको हिसाब किताब हुने चेतावनी...
काठमाण्डु, ३ असोज–बेलायती राजा चार्ल्स तृतीयले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को शुभकामना सन्देश पठाएका छन् । राजा चार्ल्सले राष्ट्रपति रामचन्द्र पौडेललाई दिवसको शुभकामना पठाएका हुन् । काठमाण्डुस्थित बेलायती दूतावासले राजा चार्ल्सको शुभकामना सन्देश बिहीबार सार्वजनिक गरेको छ । ‘आज तपाईं र नेपालका जनताले...
काठमाण्डु, ३ असोज–राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने आवश्यकता औंल्याएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा बिहीबार शुभकामना दिँदै उनले संविधानको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल...
काठमाण्डु, ३ असोज– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विगतका संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानवअधिकार, समानता र समृद्धिको आगामी यात्रामा एकजुट भइ लाग्नुपर्नेमा जोड दिएका छन । संविधान दिवस तथा राष्टिन्य दिवस –२०८१ का अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले...
काठमाण्डु, ३ असोज– प्रधानमन्त्री केपी ओलीले नेपालको संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय एकता दिवस–२०८१ का अवसरमा बिहीबार एक सन्देश जारी गर्दै उनले दसकौं लामो संघर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय...
काठमाण्डु, ३ असोज– सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकांक्षाको प्रतिबिम्बका रुपमा रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गरिनुपर्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस– २०८१ का अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको...