मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज ३ गते १०:५९ मा प्रकाशित

दाङ, ३ असोज-घोराही–लमही सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराहीको नवलपुरका २२ वर्षीय श्रवण पुन र मोटरसाइकल पछाडि सवार घोराही-४ का २१ वर्षीय विनोद केसी छन् ।  इलाका प्रहरी कार्यालय लमहीका निरिक्षक प्रकाश भुसालले जानकारी दिए । उनीहरु सवार लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा८प २९४० नम्बरको मोटरसाइकलमा सवार बिहीबार बिहान करिब सवा सात बजे लमही नगरपालिका–६ बेलदमारमा दुर्घटना भएको थियो । गम्भीर घाइते पुन र केसीलाई लमही अस्पताल लगिएकामा चिकित्सकले तत्काल मृत घोषणा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us