अबको लडाईं राजनीतिक स्थिरता र नीतिगत स्थायित्वको लडाईं होः ओली

काठमाण्डु टुडे २०८१ असोज ३ गते ११:३० मा प्रकाशित

Screenshot

काठमाण्डू, ३ असोज- प्रधानमन्त्री केपी ओलीले नीति र राजनीति दुवैमा स्थायित्व चाहिएकाले संविधान संशोधन जरुरी रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले विकासका लागि स्थायित्व र स्थिरता अनिवार्य तत्व रहेको बताए ।

ओलीले अब लड्नुपर्ने लडाइँ भनेकै संविधानबाट प्राप्त जनअधिकारको रक्षा र कार्यान्वयनको लडाइँ भएको उल्लेख गरे । ‘यो लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि लड्नुपर्ने लडाइँ हो,’ उनले भने ।।संविधानले सुनिश्चित गरेका कतिपय कुरा अनुदित नभएको भन्दै उनले संविधानलाई समानुकूल बनाउनुपर्ने तर्क गरे ।।समानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने भन्दै उनले संविधान संशोधन भनेको लिखत र मर्म अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us