काठमाण्डु, ३ असोज– आम जनता पार्टी (आजपा) ले संविधान खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेपछि वीरगन्जबाट सो पार्टीका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आजपाले वर्तमान संविधान खारेजीको माग गर्दै बिहीबार वीरगन्जमा अन्त्येष्टि यात्रा निकालेको थियो । सोही क्रममा प्रहरीले आजपा केन्द्रीय कमिटीका...
काठमाण्डु, ३ असोज– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अधिकार कटौती गरेर संविधान संशोधन नहुने बताएका छन । आज (बिहीबार) काठमाण्डुमा नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको एकीकृत निर्वाचन ऐन मस्यौदा विधेयकबारे छलफलमा भाग लिँदै कानुनमन्त्री चौरसियाले यस्तो बताएका हुन । उनले...
काठमाण्डु, ३ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले ठूला भनिएका दलक व्यक्तिहरू काण्डै काण्डको माला भिरेर हिँडिरहेको आरोप लगाएका छन । आज (बिहिबार) संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता खनालले यस्तो बताएका हुन । उनले ठूला...
काठमाण्डु, ३ असोज– प्रहरीले वैदेशिक रोजगारीका लागी विभिन्न मुलुकमा पठाउँछौँ भनेर ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएर काठमाण्डु बस्ने २८ वर्षीय राजन अर्याल र झापा घर भएर भक्तपुर बस्ने ४६ वर्षीय जय नारायण राजवंशी रहेको उपत्यका अपराध...
काठमाण्डु, ३ असोज– जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र उनकी श्रीमती सोनी सिन्धु रानीले प्रहरीसँग छुट्टाछुट्टै सुरक्षा माग गरेका छन । सिके राउतले केही दिनअघि श्रीमती रानीबाट असुरक्षित भएको भन्दै प्रहरी प्रभाग इमाडोलमा निवेदन दर्ता गराइ सकेका छन । श्रीमती रानीले पनि आफू...
काठमाण्डु, ३ असोज– आज बिहीबार राष्ट्रिय झन्डाले दरबार मार्ग ढाकेको छ । ‘नेसनल डे कन्सर्ट’ आयोजना भइरहेको दरबारमार्ग क्षेत्रमा नेपालको झन्डा बोक्ने दर्शकहरूको व्यापक भिड लागेको छ । झोला झोलामा राखेर राष्ट्रिय झन्डा बाँडिएको छ । संविधान दिवसको अवसर पारेर आयोजना गरिएको कन्सर्टका लागि...
काठमाण्डु, ३ असोज– काठमाण्डुको दरबारमार्गमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका उनलाई युवाहरुको अर्को समूहले कुटपिट गरेको हो । दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा ती युवकले ‘बालेन बालेन ’ भनेर नारा लगाउन...
काठमाण्डु, ३ असोज– क्यानडाले विदेशी विद्यार्थीको कोटा थप घटाउने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आउँदो वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुमतिपत्रमा थप कटौती गर्ने घोषणा गरेका गरेका छन । प्रधानमन्त्री ट्रुडोले सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्दै यो वर्षदेखि क्यानडाले विदेशी विद्यार्थीको सङ्ख्या ३५...
काठमाण्डु, ३ असोज– प्रहरीले मकवानपुरको रातोमाटेबाट अवैध भन्सार छलि गरी ल्याएको १ करोड रुपैयाँभन्दा बढीका सामग्री बरामद गरेको छ । हेटौंडा–१५ स्थित रातोमाटे चौकीबाट भन्सार छलेर ल्याइएको १ करोड ३५ लाख रुपैयाँको लत्ताकपडा सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको...
काठमाण्डु, ३ असोज– नेकपा माओवादी केन्द्रले देशभर अराजकता बढेको निष्कर्ष निकालेको छ । साथै माओवादी केन्द्रले भू–राजनीतिक अवस्था थप जटिल र पेचिलो बन्दै गइरहेको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो जानकारी...
काठमाण्डु, ३ असोज– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी शान्ति सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा पुगेकी छन । राउतकै कारण आफूलाई असुरक्षा भएको भन्दै सोनी सिन्धु ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा पुगेकी हुन । सिन्धुले प्रहरीले आफ्नो निवेदन लिन ‘आनाकानी’ गरेको समेत जानकारी दिएकी...
काठमाण्डु, ३ असोज– राप्रपाका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले व्यवस्था परिवर्तनका बहानामा नाममात्रै परिवर्तन गरेर जनतालाई बेकुफ बनाउने काम भएको बताएका छन । आज (बिहिबार) संविधान दिवसको अवसर पारेर आम जनता पार्टी (आजपा) ले गरेको ‘नेपालको संविधान समाधान कि समस्या’ विषयक अन्तरक्रिया...