राजाको पाउमा दाम चढाएकाहरूले व्यवस्था परिवर्तन भयो भनिरहेका छन्ः ज्ञानबहादुर शाही

काठमाण्डु टुडे २०८१ असोज ३ गते १५:१४ मा प्रकाशित

काठमाण्डु, ३ असोज– राप्रपाका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले व्यवस्था परिवर्तनका बहानामा नाममात्रै परिवर्तन गरेर जनतालाई बेकुफ बनाउने काम भएको बताएका छन ।

आज (बिहिबार) संविधान दिवसको अवसर पारेर आम जनता पार्टी (आजपा) ले गरेको ‘नेपालको संविधान समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शाहीले यस्तो बताएका हुन ।

उनले राजाको पाउमा दामहरुले अहिले पनि शासन चलाएर व्यवस्था परिवर्तन भयो भनिरहेको पनि बताएका छन । कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै नेता शाहीले गणतन्त्रको नाममा व्यक्ति, सिस्टम र आचरण परिवर्तन नभएर नाममात्रै परिवर्तन भएको पनि बताएका छन ।

उनले भने, ‘आचरण एउटै, काम एउटै, सिस्टम एउटै, व्यवस्था एउटै, नाममात्रै परिवर्तन गरेर हुन्छ । यहाँ पटक–पटक व्यवस्था परिवर्तन गर्यौं भन्छन् । के परिवर्तन गर्‍यौँ रु पञ्चायत कालमा मन्त्री भएकाहरु गणतन्त्रमा पनि छन् । राजाको खुट्टामा दाम चढाएका शेरबहादुर देउवा र केपी ओली यो देशको प्रधानमन्त्री र दलको नेता भएर बसेका छन् ।

व्यक्ति परिवर्तन भयो रु भएन । सिस्टम परिवर्तन भयो रु भएन, नाममात्रै परिवर्तन भयो ।’ नेता शाहीले नेपालको संविधानमा नागरिकहरूका लागि मौलिक हकको व्यवस्था गरिए पनि त्यो कार्यान्वयन नहुँदा शासकहरूलाई कारबाही गरिने कुराको सुनिश्चितता गर्न नसकेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us