राष्ट्रिय झन्डाले ढाकियो दरबारमार्ग

काठमाण्डु टुडे २०८१ असोज ३ गते १६:५८ मा प्रकाशित

काठमाण्डु, ३ असोज– आज बिहीबार राष्ट्रिय झन्डाले दरबार मार्ग ढाकेको छ । ‘नेसनल डे कन्सर्ट’ आयोजना भइरहेको दरबारमार्ग क्षेत्रमा नेपालको झन्डा बोक्ने दर्शकहरूको व्यापक भिड लागेको छ ।

झोला झोलामा राखेर राष्ट्रिय झन्डा बाँडिएको छ । संविधान दिवसको अवसर पारेर आयोजना गरिएको कन्सर्टका लागि हजारौँ मानिस दरबार मार्ग क्षेत्रमा आइपुगेका छन । मानिसहरूको आवागमन हेरेर करिब ४५ सय सुरक्षाकर्मी समेत परिचालन गरीसकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us