काठमाण्डु, ३ असोज– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी शान्ति सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा पुगेकी छन । राउतकै कारण आफूलाई असुरक्षा भएको भन्दै सोनी सिन्धु ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा पुगेकी हुन ।
सिन्धुले प्रहरीले आफ्नो निवेदन लिन ‘आनाकानी’ गरेको समेत जानकारी दिएकी छन । प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र भट्टराईले सोनी सिन्धुले दिएको निवेदन लिन आफूले मातहतलाई भनेको जानकारी दिएका छन ।
उनले भने, ‘मैले प्रभाग इमाडोललाई निवेदन लिनु भनेको छु ।’ डा.राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए । उनीहरूको मुद्दा अदालतमा विचाराधीन रहेको छ । राउतले पत्नीसँग छोडपत्र माग गरेर अदालतमा रिट समेत दर्ता गराएका छन ।