सिके राउत र उनकी श्रीमती रानीले प्रहरीसँग मागे छुट्टाछुट्टै सुरक्षा

काठमाण्डु टुडे २०८१ असोज ३ गते १७:०४ मा प्रकाशित

काठमाण्डु, ३ असोज– जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र उनकी श्रीमती सोनी सिन्धु रानीले प्रहरीसँग छुट्टाछुट्टै सुरक्षा माग गरेका छन । सिके राउतले केही दिनअघि श्रीमती रानीबाट असुरक्षित भएको भन्दै प्रहरी प्रभाग इमाडोलमा निवेदन दर्ता गराइ सकेका छन ।

श्रीमती रानीले पनि आफू श्रीमानबाटै असुरक्षित भएको भन्दै बिहीबार प्रहरी वृत्त सातदोबाटोमा पुगेकी प्रहरी वृत सातदोबाटले जनाएको छ । उनीहरू दुबै जनाले एकअर्काबाट असुरक्षित भएको भन्दै निवेदन दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन ।

यसरी निवेदन आएपछि यसबारे दुबै पक्षसँग छलफल गरी सुरक्षाको प्रत्याभूति गराउने एसपी सुवेदीले जानकारी दिएका छन । राउत ललितपुरको महालक्ष्मी नगरपालिका– ४ इमाडोलमा बस्छन् ।

उनले भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेका थिए । उनले अंश र सम्बन्ध बिच्छेद शीर्षकमा मुद्दा दायर गरेका थिए। लामो समयदेखि सम्बन्ध नमिलेको र बस्न नसकिने अवस्था रहेको भन्दै राउतले मुद्दा दायर गरेका हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us