वैदेशिक रोजगारको सपना देखाएर ठगेको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ असोज ३ गते १७:१२ मा प्रकाशित

काठमाण्डु, ३ असोज– प्रहरीले वैदेशिक रोजगारीका लागी विभिन्न मुलुकमा पठाउँछौँ भनेर ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा घर भएर काठमाण्डु बस्ने २८ वर्षीय राजन अर्याल र झापा घर भएर भक्तपुर बस्ने ४६ वर्षीय जय नारायण राजवंशी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

दुबई र अल्वानियामा पठाउँछु भनेर अर्यालले ३ लाख रुपैयाँ ठगी गरेका खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

राजवंशीले ५ लाख ५० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागको कार्यालय ताहाचलमा पठाएको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us