समाचार

बढ्दो बेरूजुप्रति राष्ट्रपति पौडेलको चिन्ता

२०८३ जेठ १ गते १४:५६

काठमाण्डू, १ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक निकायहरूमा बढ्दो बेरूजुप्रति चिन्ता व्यक्त गर्दै वित्तीय अनुशासन र पारदर्शिता कायम गर्न सरोकारवालाहरूलाई निर्देशन दिएका छन । आज (शुक्रबार) महालेखा परीक्षकको कार्यालयले संविधान बमोजिम पेश गरेको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन बुझ्दै पौडेलले विगत लामो समयदेखि...

‘फ्लोर क्रस’ को जोखिमपछि विश्वासको मत लिन पछि हटे मधेशका मुख्यमन्त्री

२०८३ जेठ १ गते १४:४८

काठमाण्डू, १ जेठ– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनबाट शुक्रबार पछि हेटका छन । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले अगामी जेठ ८ गते मुख्यमन्त्रले विश्वासको मत लिने जानकारी गराएका छन । सत्ता गठबन्धन भित्रको असन्तुष्टि र खटपटको कारण अन्तिम समयमा आएर...

दलित आयोगका सदस्य टुञ्जे कामीद्वारा राजीनामा

२०८३ जेठ १ गते १४:४२

काठमाण्डू, १ जेठ– राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले राजीनामा दिएका छन । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज (जेठ १) देखि नै लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन । वर्तमान सरकारले विभिन्न आयोगसहित सरकारी निकायमा नियुक्त भएकाहरूलाई...

ट्रम्पपछि पुटिनले पनि चीन भ्रमण गर्ने

२०८३ जेठ १ गते १४:२४

 एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमण गर्ने भएका छन । रूसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उदृत गर्दै भ्रमणको आधिकारिक मिति चाँडै घोषणा हुने जनाएको छ । पत्रकारहरु सँगको साक्षतकारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताए । भ्रमणको मिति...

यो देश रास्वपाको पेवा हैनः रविन्द्र मिश्र

२०८३ जेठ १ गते १४:१८

काठमाण्डू, १ जेठ– रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा व्यक्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धतामाथि व्यंग्य गरेका छन । हिजो (बिहिबार) संसदमा नीति तथा कार्यक्रममाथिको छलफलपछि उनले व्यंग्यात्मक शैलीमा अहिलेको नेतृत्वलाई मात्रै केन्द्रमा राखेर देशको भविष्य सोच्न नहुने उनले बताएका छन । उनले सामाजिक...

विद्यार्थी संगठनमा प्रतिबन्धको तयारीविरुद्ध प्रदर्शन

२०८३ जेठ १ गते १४:११

काठमाण्डू, १ जेठ– संयुक्त विद्यार्थी संगठनले आज (शुक्रबार) राजधानीमा प्रदर्शन गरेका छन् । ६२ औँ विद्यार्थी दिवसको अवसरमा संगठनले त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म विरोध र्‍याली प्रदर्शन गरेका हुन् । विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीको विरोध विरोध र्‍याली गरेका हुन् । ‘सम्पूर्ण विद्यार्थीहरू एकजुट...

मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठक अन्योलमा

२०८३ जेठ १ गते १४:०७

काठमाण्डू, १ जेठ– मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठक अन्योलमा छ । सत्तारुटदल भित्रको आन्तरिक समिकरणमा आएको असन्तुष्टिको कारण अन्योल बनेको हो । जसपा नेपालले अझैसम्म विश्वासको मत दिने कि नदिने भनेर दलको निर्णय गर्न सकेको छैन । कांग्रेसबाट...

प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता

२०८३ जेठ १ गते १४:०१

काठमाण्डू, १ जेठ– प्रधानमन्त्री बालेन शाह बालेन र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ । उनीहरूबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जनाएको छ । भेटका क्रममा सरकारले हिजोमात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट...

सरकारको नीति तथा कार्यक्रम अस्वीकार गर्ने जनमोर्चाको निर्णय

२०८३ जेठ १ गते १३:१५

काठमाण्डू, १ जेठ– राष्ट्रिय जनमोर्चाले जनतन्त्र, जनजीवीका र राष्ट्रियताका पक्षमा नभएकोले सरकारको नीति र कार्यक्रमलाई विरोध गर्दै अस्वीकार गर्ने निर्णय गरेको छ । सरकारले संसद्‍मा प्रस्तुत गरेको आर्थिक वर्ष ०८३–८४ को वार्षिक नीति तथा कार्यक्रमप्रति पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै जनमोर्चाले अस्वीकार गर्ने निर्णय गरेको...

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेश

२०८३ जेठ १ गते १३:०९

काठमाण्डू, १ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष ०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरीएको छ । आज (शुक्रबार) राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै...

हर्क साम्पाङलाई शाहीले भने, ‘प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कारण छैन’

२०८३ जेठ १ गते १३:०६

काठमाण्डू, १ जेठ– राष्ट्रिय प्रजातनन्त्र पार्टी (राप्रपा)का प्रजातन्त्र पार्टी स‌ंसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य हर्क साम्पाङलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको राजीनामा माग नगर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्ट लख्दै संसदीय दलका नेता शाहीले वर्तमान...

अमृत साइन्स क्याम्पसमा मनाइयो विद्यार्थी आन्दोलन दिवस

२०८३ जेठ १ गते १२:५८

काठमाण्डू, १ जेठ– काठमाण्डूको अमृत साइन्स क्याम्पस ‘अस्कल’ मा विद्यार्थी आन्दोलन स्थापना दिवस मनाइएको छ । नेपाली विद्यार्थी आन्दोलनको ऐतिहासिक दिनको अवसर पारेर स्वतन्त्र विद्यार्थी युनियन स्ववियु अमृत क्याम्पसको आयोजनामा क्याम्पस परिसरमा झण्डोत्तोलन समेत गरेर दिवस मनाइएको हो । कार्यक्रममा स्ववियु सभापति रुद्रहरी पोखरेलले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us