‘फ्लोर क्रस’ को जोखिमपछि विश्वासको मत लिन पछि हटे मधेशका मुख्यमन्त्री

काठमाण्डु टुडे २०८३ जेठ १ गते १४:४८ मा प्रकाशित

काठमाण्डू, १ जेठ– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनबाट शुक्रबार पछि हेटका छन । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले अगामी जेठ ८ गते मुख्यमन्त्रले विश्वासको मत लिने जानकारी गराएका छन ।

सत्ता गठबन्धन भित्रको असन्तुष्टि र खटपटको कारण अन्तिम समयमा आएर उनी विश्वासको मत लिन पछाडि हटेका हुन् । उनलाई विश्वासको मत लिनका लागि आज बिहान ११ बजे सदन आह्वान गरिएको छ ।

गठबन्धनभित्र र आफ्नै पार्टीभित्रको असन्तुष्टिको कारण फ्लोर क्रस गर्ने जोखिमपछि मुख्यमन्त्री यादव पछाडि हटेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us