समाचार

रूपन्देहीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते

२०८३ जेठ २ गते १७:३२

रूपन्देही, १६ जेठ-रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भैसाहीस्थित सडकमा शनिबार बिहान मंगलपुरबाट पर्सातर्फ जाँदै गरेको युपि ५५ एएच ८०९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार कोटहीमाई गाउँपालिका–५ नोउडीहवा निवासी...

महोत्तरीमा खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु

२०८३ जेठ २ गते १७:२६

महोत्तरी, १६ जेठ- महोत्तरीको गेउरका खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ । लोहरपट्टी नगरपालिका–४ स्थित गेउरका खोलामा डुबेर सोही ठाउँका धनबिर मण्डलका ११ वर्षीय छोरा सिद्धार्थ मण्डलको मृत्यु भएको हो । डुबेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको...

मन्त्री लम्सालद्वारा सिद्धबाबा सुरुङमार्गको अनुगमन, काम तीव्र बनाउन निर्देशन

२०८३ जेठ २ गते १६:३५

बुटवल-पूर्वाधार विकास तथा यातायातमन्त्री सुनिल लम्साल ले निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री लम्सालले आयोजनाको हालसम्मको प्रगति, निर्माणको गति तथा कामका क्रममा देखिएका समस्या बारे विस्तृत जानकारी लिएका थिए । उनले सुरुङमार्ग छिटो सम्पन्न गर्न कामलाई थप तीव्र बनाउन...

पार्टी विभाजन रोक्ने जिम्मेवारी गगन थापाको हो : खड्का

२०८३ जेठ २ गते १६:२९

सुर्खेत, २ जेठ — नेपाली कांग्रेसभित्र नेतृत्व, संगठनात्मक दिशा र भावी एकताबारे फेरि बहस चर्किएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले वर्तमान नेतृत्व संरचना र आन्तरिक शक्ति सन्तुलनप्रति संकेत गर्दै नेतृत्व परिवर्तनबारे कडा टिप्पणी गरेका छन् । शनिबार सुर्खेतमा आयोजित ‘नेपाली कांग्रेस...

संविधान ‘डिरेल’ गर्ने प्रक्रिया अघि बढिरहेको छ:भट्टराई

२०८३ जेठ २ गते १६:२२

काठमाडौं, शनिबार — वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई ले नेपालको संविधान, न्यायपालिका र राजनीतिक दलहरूको अवस्थाप्रति कडा आलोचना गर्दै वर्तमान प्रणाली गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन् । संविधान निर्माण गर्ने शक्तिहरू नै त्यसलाई कमजोर पार्न सक्रिय भएको उनको आरोप छ । शनिबार काठमाडौंमा आयोजित...

बालेनको नाममा कर्मचारी थर्काउने खड्का पक्राउ

२०८३ जेठ २ गते १५:३४

काठमाण्डू, २ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयबाट बोलेको भन्दै टेलिफोनमा सरकारी कर्मचारी धम्क्याउने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक सुर्खेतका २२ वर्षीय प्रकाश खड्का छन् । उनलाई शनिबार काठमाण्डूबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका...

बालेनको नाम लिएर कर्मचारीलाई धम्की खड्कालाई पक्रन निर्देशन

२०८३ जेठ २ गते १५:३१

काठमाण्डू,२ जेठ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो कार्यालयको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्की दिने एक व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्र्यालले शनिबार एक विज्ञप्ति जारी गर्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडा...

ट्राफिक प्रहरी आक्रमक, २४ घण्टामा २० लाख राजश्व संकलन

२०८३ जेठ २ गते १२:३८

काठमाण्डू, २ जेठ– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालकहरुबाट २० लाख ३९ हजार राजस्व संकलन गरेको छ । नियम उल्लंघन गर्ने २ हजार दुई हजार २ सय सवारीचालकबाट उक्त परिमाणमा राजश्व संकलन भएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयले...

संगठन विस्तारको आक्रमक रणनीतिमा रास्वपा

२०८३ जेठ २ गते १२:३०

काठमाण्डू, २ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशभर वडा भेला गर्दैछ । प्रवक्ता मनिष झाल तदर्थ समिति नभएका वडाहरुमा भेला आयोजना गरिएको जानकारी दिए । उनका अनुसार भेलाले तदर्थ समिति गठन गर्नेछ । आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो...

१६२० थान भेपसहित ७ जना पक्राउ

२०८३ जेठ २ गते १२:१३

काठमाण्डू, २ जेठ– सिन्धुपाल्चोकबाट प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) सहित ७ जनालाई पक्राउ गरेको छ । भोटेकोशी गाउँपालिका३ गन्जेखोलाबाट गएराति चीनबाट भित्र्याइएको १ हजार ६ सय २० थान अवैध भेपसहित ७ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी...

महावीर पुन मन्त्री बन्दै छन् ?

२०८३ जेठ २ गते ११:५९

काठमाण्डू, २ जेठ–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले स्वतन्त्र सांसद महावीर पुन पनि रास्वपा नै भएको टिप्पणी गरेका छन् । राईले शनिबार सामाजिक सञ्जालमार्फत वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारमा पुन मन्त्री बन्न सक्ने बताए । ‘महावीर पुन रास्वपा नै हुन् । अब मन्त्री पड्काउँछन्...

अन्तिम समयमा ओलीले रोके सचिवालय बैठक

२०८३ जेठ २ गते ११:५२

काठमाण्डू, २ जेठ– एमाले केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी ओलीले शनिबार तय भएको बैठक सोमबारका लागि सारेका हुन् । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बैठक सरेको जानकारी दिए । २१ फागुनको निर्वाचनपछि ओली पहिपोचोटि पार्टी बैठकमा सहभागी हुन लागेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us