१६२० थान भेपसहित ७ जना पक्राउ

काठमाण्डु टुडे २०८३ जेठ २ गते १२:१३ मा प्रकाशित

काठमाण्डू, २ जेठ– सिन्धुपाल्चोकबाट प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) सहित ७ जनालाई पक्राउ गरेको छ ।

भोटेकोशी गाउँपालिका३ गन्जेखोलाबाट गएराति चीनबाट भित्र्याइएको १ हजार ६ सय २० थान अवैध भेपसहित ७ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी जेसी शाहले ५६ लाख ७० हजार बराबरको भेप बरामद भएको जानकारी दिए ।

विशेष सूचनाका आधारमा चेकजाँद गर्दा भेप बरामद भएको प्रहरीले जनाएको छ ।
डिएसपी शाहका अनुसार पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका–४ सिन्धुपाल्चोकका ४८ वर्षीय रामबहादुर विक सोही ठाउँका ४६ वर्षीय हिमाल खड्का, ३७ वर्षीय मंगलबहादुर थामी, ३५ वर्षीय गणेश खड्का, २४ वर्षीय विकास विक, १७ वर्षीय विशाल रक्पाल र बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङ छन् ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us