समाचार

ओली पक्राउ परेकामा विद्याको आपत्ति

२०८२ चैत १४ गते १६:२६

काठमाण्डू, १४ चैत– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु सरकारको अपरिपक्वता भएको टिप्पणी गरेकी छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनले ओली र लेखकलाई पक्राउ गरिएकामा विरोध जनाएकी हुन् । सरकारको उक्त कदमले दूरगामी...

ओलीका लागी गोली खान तयार छौंः धामी

२०८२ चैत १४ गते १६:०९

काठमाण्डू, १४ चैत–एमाले विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीले राजनीतिक प्रतिशोधका आधारमा आफ्ना अध्यक्ष केपी ओलीलाई पक्राउ गरिएको भन्दै देशभरबाट प्रतिकार गरिने चेतावनी दिएका छन् । ओली पक्राउको विरोधमा शनिबार एमाले जनसंगठनले माइतीघरमा आयोजना गरेको प्रदर्शनमा बोल्दै उनले देशभरका कार्यकर्तालाई सडकमा उत्रिन निर्देशन दिए...

एमाले नेता मल्ल बलात्कार आरोपमा पक्राउ

२०८२ चैत १४ गते १५:५८

काठमाण्डू, १४ चैत– संविधानसभा सदस्य एवं एमाले नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन् । ५२ वर्षीय मल्ललाई प्रहरीले ललितपुर महानगरपालिका–१५ बाट शनिबार पक्राउ गरेको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले मल्ल पक्राउ परेको पुष्टि गरे । मुगुको सोरु गाउँपालिका–१० का...

प्रतिशोध र आवेगले आगो बाल्छ- योगेश भट्टराई

२०८२ चैत १४ गते १५:५१

काठमाण्डू, १४ चैत– एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी  ओली पक्राउको घटनालाई संसद, सडक र न्यायलय तीनतिरबाट प्रतिवाद गर्ने बताएका छन् । पार्टी कार्यालय च्यासलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले गैरसंवैधानिक र गैरकानूनी रूपले अध्यक्ष ओलीलाई पक्राउ गरिएकोले सशक्त विरोध गर्ने बताएका हुन् ।...

कार्की आयोगको प्रतिवेदन जलाउँदै सडकमा एमाले कार्यकर्ताको विरोध

२०८२ चैत १४ गते १४:०६

काठमाण्डू, १४ चैत– पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरुले सडकमा प्रदर्शन सुरु गरेका छन् । जेनजी आन्दोलनको जाँझबुझ गर्न बनेको आयोगको प्रतिवेदनको प्रति जलाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका छन् । एमाले केन्द्रीय कार्यालय च्यासल नजिक एमाले कार्यकर्ताले...

एमालेको माग– जेनजी आन्दोलनका घटना बहालवाला न्यायाधीशबाट छानबिन होस्

२०८२ चैत १४ गते १३:०१

काठमाण्डू, १४ चैत– एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको छ । आज बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको हो । अन्तरिम चुनावी सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग...

ओलीको गिरफ्तारीपछि दलहरुसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

२०८२ चैत १४ गते १२:५६

काठमाण्डू, १४ चैत– एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ । राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्ने भएका छन । संसदीय दलहरूसँगको संवादको संयोजनको जिम्मेवारी अर्का उपाध्यक्ष...

सानेपामा कांग्रेसको संसदीय सचेतना कार्यक्रम

२०८२ चैत १४ गते १२:४५

काठमाण्डू, १४ चैत– कांग्रेसको तर्फबाट प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम आयोजना गरीएको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा संसदीय सचेतना कार्यक्रम जारी छ । कार्यक्रममा सभापति गगन थापासहितका उपसभापति र महामन्त्रीहरू उपस्थित छन् । प्रतिनिधि सभा...

सरकारले चालेको कदम नेपालको कानुन र अपराधशास्त्रसँग मेल खाँदैनः अग्नि खरेल

२०८२ चैत १४ गते १२:२३

काठमाण्डू, १४ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि एमाले नेता तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सरकारको कदम पूर्ण रूपमा गैरकानुनी र प्रतिशोधपूर्ण भएको तर्क गरेका छन । आज (शनिबार) एमालेको मुख्यालय च्यासलमा पत्रकारहरूसँग कुराकानी गर्दै खरेलले यस्तो तर्क गरेका...

बादलको अध्यक्षमा बस्यो एमाले बैठक

२०८२ चैत १४ गते १२:१६

काठमाण्डू, १४ चैत– एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा एमालको बैठक बसेको छ । एमालेका महासचिव शंकर पोखरेलका अनुसार बादलको नेतृत्वमा आकस्मिक रुपमा पार्टीको केन्द्रीय सचिवालयको बैठक बसेको हो । बैठकपछि एमाले महासचिव पोखरेलले अध्यक्ष ओली र कांग्रेस...

ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रियो, चावहिल क्षेत्रमा प्रदर्शन

२०८२ चैत १४ गते १२:१०

काठमाण्डू, १४ चैत– एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाण्डूमा प्रदर्शन सुरू गरेको छ ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाण्डूको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् । उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले...

ओली र लेखकको गिरफ्तारी गैरकानुनीः एमाले

२०८२ चैत १४ गते १२:०२

काठमाण्डू, १४ चैत– एमालेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ । आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us