समाचार

प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता

२०८३ जेठ १ गते १४:०१

काठमाण्डू, १ जेठ– प्रधानमन्त्री बालेन शाह बालेन र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ । उनीहरूबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जनाएको छ । भेटका क्रममा सरकारले हिजोमात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट...

सरकारको नीति तथा कार्यक्रम अस्वीकार गर्ने जनमोर्चाको निर्णय

२०८३ जेठ १ गते १३:१५

काठमाण्डू, १ जेठ– राष्ट्रिय जनमोर्चाले जनतन्त्र, जनजीवीका र राष्ट्रियताका पक्षमा नभएकोले सरकारको नीति र कार्यक्रमलाई विरोध गर्दै अस्वीकार गर्ने निर्णय गरेको छ । सरकारले संसद्‍मा प्रस्तुत गरेको आर्थिक वर्ष ०८३–८४ को वार्षिक नीति तथा कार्यक्रमप्रति पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै जनमोर्चाले अस्वीकार गर्ने निर्णय गरेको...

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेश

२०८३ जेठ १ गते १३:०९

काठमाण्डू, १ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष ०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरीएको छ । आज (शुक्रबार) राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै...

हर्क साम्पाङलाई शाहीले भने, ‘प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कारण छैन’

२०८३ जेठ १ गते १३:०६

काठमाण्डू, १ जेठ– राष्ट्रिय प्रजातनन्त्र पार्टी (राप्रपा)का प्रजातन्त्र पार्टी स‌ंसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य हर्क साम्पाङलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको राजीनामा माग नगर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्ट लख्दै संसदीय दलका नेता शाहीले वर्तमान...

अमृत साइन्स क्याम्पसमा मनाइयो विद्यार्थी आन्दोलन दिवस

२०८३ जेठ १ गते १२:५८

काठमाण्डू, १ जेठ– काठमाण्डूको अमृत साइन्स क्याम्पस ‘अस्कल’ मा विद्यार्थी आन्दोलन स्थापना दिवस मनाइएको छ । नेपाली विद्यार्थी आन्दोलनको ऐतिहासिक दिनको अवसर पारेर स्वतन्त्र विद्यार्थी युनियन स्ववियु अमृत क्याम्पसको आयोजनामा क्याम्पस परिसरमा झण्डोत्तोलन समेत गरेर दिवस मनाइएको हो । कार्यक्रममा स्ववियु सभापति रुद्रहरी पोखरेलले...

सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने

२०८३ जेठ १ गते १२:५०

काठमाण्डू, १ जेठ– यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ । यसपटक बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो । कतिपय विद्यालयहरुले एसईई...

भारतीय अखबारमा समाचार,‘हुकुमी’ बालेन सरकार

२०८३ जेठ १ गते ११:१५

काठमाण्डू, १ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि केही भारतीय सञ्चारमाध्यमले ‘हुकुमी शासनतर्फ उन्मुख’ भएको भन्दै समाचार लेखेका छन । गत २१ फागुनमा भएको निर्वाचनबाट बहुमतसहित सत्तामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि सत्ता केन्द्रीकरण, अध्यादेशमार्फत् शासन,न्यायपालिका प्रभावित पार्ने प्रयास र सेना प्रयोग...

बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

२०८३ जेठ १ गते ११:०१

काठमाण्डू, १ जेठ– देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री कार्यालय मातहत लगिएको छ । बुधबार कार्य विभाजन नियमावली संशोधन गर्दै गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालय मातहत मै तानीएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृह मन्त्रालय मातहतको राष्ट्रिय...

रवि लामिछाने र जिबी राईको मुद्दा फिर्ता लिने निर्णयमा सुनुवाइ गर्न उच्च अदालतको आदेश

२०८३ जेठ १ गते १०:५८

काठमाण्डू, १ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, गोर्खा मिडियाका प्रालिका अध्यक्ष जिबी राई र सञ्चालक रामबहादुर खनाल लगायतविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने सम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णयमा सुनुवाइ गर्न उच्च अदालतले पोखराले आदेश दिएको...

आगलागी हुँदा एक घर जलेर नष्ट

२०८३ जेठ १ गते १०:३३

काठमाण्डू, १ जेठ– ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ हाफाबुङमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आज बिहान भएको आगलागीबाट स्थानीय रामकुमार लिम्बुको तीन तले कच्ची घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब रु १६ लाख बराबरको क्षति भएको...

मकैबारीमा भेटियो मरेको गैंडा

२०८३ जेठ १ गते १०:२५

काठमाण्डू, १ जेठ– नवलपुरको कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैंडा मृत अवस्थामा भेटिएको छ । स्थानीयले आज बिहान भिम बहादुर दर्जीको मकैबारीभित्र मरेको गैंडा देखेपछि प्रहरीलाई जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मकैबारीमा मरेको गैंडा रहेको सूचना स्थानीयले ८ः३० बजेतिर...

जेन्जी आन्दोलनका मुद्दा फिर्ता र बन्दी रिहाइको माग

२०८३ जेठ १ गते १०:०८

काठमाण्डू, १ जेठ– जेनजी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह कास्कीले जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूमाथि दर्ता गरिएका मुद्दा फिर्ता लिन तथा थुनामा रहेका बन्दीहरूको निशर्त रिहाइ गर्न माग गरेको छ । समूहले विहीबार जेनजी आन्दोलनका प्रमुख प्रतिनिधिहरूलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनसँग सम्बन्धित राजनीतिक प्रकृतिका सम्पूर्ण मुद्दा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us