मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठक अन्योलमा

काठमाण्डु टुडे २०८३ जेठ १ गते १४:०७ मा प्रकाशित

काठमाण्डू, १ जेठ– मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठक अन्योलमा छ । सत्तारुटदल भित्रको आन्तरिक समिकरणमा आएको असन्तुष्टिको कारण अन्योल बनेको हो ।

जसपा नेपालले अझैसम्म विश्वासको मत दिने कि नदिने भनेर दलको निर्णय गर्न सकेको छैन । कांग्रेसबाट मुख्यमन्त्री रहेका यादवलाई आफ्नै पार्टीको शेखर समूहले समेत फ्लोर क्रस गर्ने जोखिम छ ।

गत वैशाख २१ गते जनमतले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्रीको विश्वासको लागि बिहान ११ बजे बैठक डाकिएको थियो । तर दिउँसो १ बजेपनि बैठक सुरु हुन सकेको छैन । बैठक दिउँसो १ः १० बजेको लागि सारिएको छ । अहिले कार्यव्यवस्था परामर्स समितिको बैठक जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us