नेपालमा अर्काे दलाइ लामा जन्माउने प्रयास भइरहेको छः प्रचण्ड

काठमाण्डु टुडे २०८३ साउन ८ गते १६:३६ मा प्रकाशित

काठमाण्डू, ८ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको दाबी गरेका छन ।

आज (शुक्रबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालको राष्ट्रिय संवेदनशील अवस्थामा रहेको पनि बताएका छन । उनले भने, ‘चीन विरोधी गतिविधि हुन हामी दिने छैनौँ भनेर सबै राजनीतिक दलले भन्दै आएको होइन रु पचासौँ वर्षदेखि । तर यो पटक उल्लङ्घन गरियो ।

दलाइ लामाको जन्मोत्सव । अब अर्को नयाँ दलाइ लामा नेपालमा भन्ने पनि हल्लाखल्ला छ ।’ उनले अहिले जनताले प्राप्त गरेका अधिकार अपहरण भइरहेको पनि बताएका छन । उनले थपे, ‘जनताको उपलब्धि खोसिएका छन् । उत्पीडित वर्ग, समुदायमाथि उत्पीडन र निरङ्कुशता लाद्ने जमर्को भइराखेको छ ।

त्यसका विरुद्धमा साझा कार्यक्रम बनाउनुपर्छ ।’ नेपालका गरिब, मजदुर, किसान र उत्पीडित वर्ग, समुदायका अधिकार खोस्ने दुस्साहस भईरहेको प्रचण्डले बताएका छन । उनले थपे, ‘जनतालाई सङ्गठित, आन्दोलित गर्ने, सदनमा लड्ने, सडकमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने ।

सिकाएको त उनीहरूले छन्, तर हामी उनीहरू जसरी लड्छन्, हामी त्यसरी लड्दैनौँ। हामी हाम्रै तरिकाले लड्ने हो, तर एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले सिकाएका छन् नि । एकै दिनमा उल्ट्याइदिन त सकिँदो रहेछ ।’ उनले भदौ घटनाजस्तै सबै वामपन्थी मिलेर साझा न्यूनतम कार्यक्रम गरे जस्तोसुकै चुनौती सामना गर्न सकिने बताए ।

उनले थपे, ‘हरेक पार्टीले आफ्नो गच्छेअनुसार र क्षमताअनुसार देशभरिबाट पाँच–सात लाख जनता काठमाण्डूमा अनि हरेक सदरमुकाममा १ लाख, डेढ लाख, १ लाख, डेढ लाख उतारेर गर्‍यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन तरु उनीहरूले सिकाए नि एकै दिनमा हुँदो रहेछ, यतापट्टि किन नसोच्नेरु हामी सबैले सोच्नुपर्‍यो एकचोटि, नत्र बर्बाद हुन सक्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us