दलित आयोगका सदस्य टुञ्जे कामीद्वारा राजीनामा

काठमाण्डु टुडे २०८३ जेठ १ गते १४:४२ मा प्रकाशित

काठमाण्डू, १ जेठ– राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले राजीनामा दिएका छन । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज (जेठ १) देखि नै लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन ।

वर्तमान सरकारले विभिन्न आयोगसहित सरकारी निकायमा नियुक्त भएकाहरूलाई मार्गप्रशस्त गर्न अनुरोध समेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us