एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमण गर्ने भएका छन । रूसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उदृत गर्दै भ्रमणको आधिकारिक मिति चाँडै घोषणा हुने जनाएको छ ।
पत्रकारहरु सँगको साक्षतकारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताए । भ्रमणको मिति चाँडै घोषणा गर्ने बताउदै उनले भ्रमणको तयारी भइरहेको यसलाई अन्तिम रूप दिने काम भई रहेको पेस्कोभले उल्लेख गरे । रूसी समाचार एजेन्सि तासका अनुसार पुटिनको आगामी चीन भ्रमण बारे गहन छलफल गरिएको छ ।
यद्दपी क्रेमलिनले पुटिनको भ्रमणको योजना र एजेन्डाको बारेमा थप विवरणहरू खुलासा गरेको छैन। यसअघि मे –९ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत, चीन र अमेरिकालाई युक्रेन द्वन्द्वमा परिस्थिति जन्य सुचना प्रस्तुत गरेका थिए । जसमा दोस्रो विश्वयुद्धको सम्झनामा किएभ सँग तीन दिने युद्धविरामको लागि मार्ग प्रशस्त गरेबम थिए ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीन स्ट्रेट अफ होर्मुज खुला भएको हेर्न चाहको बताएका थिए । फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले राष्ट्रपति सी सम्झौता भएको हेर्न र आवाश्यक कुनै पनि मद्दत गर्न चाहेको बताए । ट्रम्पले राष्ट्रपति सी लाई सेप्टेम्बर –२४ मा ह्वाइट हाउस भ्रमण गर्न निमन्त्रणा पनि दिएको बताइएको छ ।
ट्रम्पले अमेरिकी र चिनियाँ जनता बिचको सवृद्धी र स्थायी सम्बन्धका लागि हालैको अवसर तथा सम्झौता निकै विशेष रहेको उजागर गरेका छन् ।
चीन र संयुक्त राज्य अमेरिकाका जनताहरुलाई सम्झदै सीले दुवै देशले एक – अर्कालाई सफल हुन र सम्पूर्ण विश्वको कल्याणलाई अगाडि बढाउन मद्दत गर्न सक्ने बताए।