काठमाण्डू, १ जेठ– प्रधानमन्त्री बालेन शाह बालेन र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ । उनीहरूबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जनाएको छ ।
भेटका क्रममा सरकारले हिजोमात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री बालेनलाई भेटेर अर्थमन्त्री वाग्ले केहीबेरअघि निस्किएका हुन् ।