काठमाण्डू, २ जेठ–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले स्वतन्त्र सांसद महावीर पुन पनि रास्वपा नै भएको टिप्पणी गरेका छन् ।
राईले शनिबार सामाजिक सञ्जालमार्फत वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारमा पुन मन्त्री बन्न सक्ने बताए । ‘महावीर पुन रास्वपा नै हुन् ।
अब मन्त्री पड्काउँछन् । सबैलाई थर्काउँछन्, लोकतन्त्रको सत्यानाश’, साम्पाङले फेसबुकमा लेखेका छन् ।
वैज्ञानिक पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए ।
२१ फागुनको निर्वाचनमा उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनलाई रास्वपाले उम्मेदवारी फिर्ता लिएर समर्थन गरेको थियो ।