ट्राफिक प्रहरी आक्रमक, २४ घण्टामा २० लाख राजश्व संकलन

काठमाण्डु टुडे २०८३ जेठ २ गते १२:३८ मा प्रकाशित

काठमाण्डू, २ जेठ– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालकहरुबाट २० लाख ३९ हजार राजस्व संकलन गरेको छ ।

नियम उल्लंघन गर्ने २ हजार दुई हजार २ सय सवारीचालकबाट उक्त परिमाणमा राजश्व संकलन भएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मादकपदार्थ सेवन गरेका १ सय ६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ५५, सङ्केत बत्ती उल्लङ्घन गरेका १ सय ३७ र तीव्र गतिमा सवारी साधन चलाउने १ सय ५२, लेख अनुशासन पालना नगर्ने १ सय २, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ७८, सडक पेटीमा पार्किङ गर्ने १ सय २३, एकतर्फी सडकमा सवारी चलाउने १ सय १३ र अन्य सवारी नियम उल्लंघन गरेका १ हजार ७२ जना कारबाहीमा परेका कार्यालयले जनाएको छ ।
\

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us