कांग्रेस केन्द्रीय कार्यसमिति कोषाध्यक्षमा श्रेष्ठ

काठमाण्डु टुडे २०८३ जेठ १ गते १९:०८ मा प्रकाशित

????????????????????????????????????

काठमाण्डू, १ जेठ– कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन । कांग्रेस सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेका हुन् ।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन । उनी यसअघि शेरबहादुर देउवा सभापति हुँदा पनि पार्टीको कोषाध्यक्ष थिए । श्रेष्ठ पूर्वराज्यमन्त्री समेत हुन् ।

व्यवसायी समेत रहेका श्रेष्ठले शिक्षा र कृषि क्षेत्रमा कार्य गर्दै आएका छन् । ०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा जनजाती क्लष्टरबाट श्रेष्ठ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

पछिल्लो पटक भएको विशेष महाधिवेशनपछि उनलाई केही दिन अघिमात्रै केन्द्रीय सदस्य मनोनीत गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us