रूपन्देहीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते

काठमाण्डु टुडे २०८३ जेठ २ गते १७:३२ मा प्रकाशित

रूपन्देही, १६ जेठ-रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भैसाहीस्थित सडकमा शनिबार बिहान मंगलपुरबाट पर्सातर्फ जाँदै गरेको युपि ५५ एएच ८०९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार कोटहीमाई गाउँपालिका–५ नोउडीहवा निवासी ३५ वर्षीया श्रीभावत धोवीको मृत्यु भएको हो ।
गम्भीर घाइते उनलाई उपचारका लागि सिटी अस्पताल भैरहवा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालकसहित थप एक जना घाइते भएका छन् ।

उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us