महोत्तरीमा खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ २ गते १७:२६ मा प्रकाशित

महोत्तरी, १६ जेठ- महोत्तरीको गेउरका खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ ।
लोहरपट्टी नगरपालिका–४ स्थित गेउरका खोलामा डुबेर सोही ठाउँका धनबिर मण्डलका ११ वर्षीय छोरा सिद्धार्थ मण्डलको मृत्यु भएको हो ।
डुबेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us