काठमाण्डू, ८ साउन– काठमाण्डू महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन ।
अधिकृत भट्टराईलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।